नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँले वृद्धि भएको हो । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
बुधबार सुनको मूल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको ३२४० रुपैयाँ प्रति तोलाबाट बढेर बिहीबार ३२७५ रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँ सम्म पुगेको थियो ।


