काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चार जना नयाँ मन्त्री थप गर्ने तयारी गरेको छ । उनीहरूको नाम टुंगो लागेसँगै आजै शपथ ग्रहणको तयारी भएको सरकारी स्रोतले जनाएको छ ।
नयाँ मन्त्रीमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन् । मन्त्रालय तोकिएकाअनुसार गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
प्रधानमन्त्री कार्कीले चारै जनाको नामावली राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीहरुको शपथ ग्रहण समारोह आजै हुने तयारी भइरहेको छ ।
सरकारमा नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद् विस्तार अन्तिम चरणमा पुगेको बताइन्छ ।


