Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

बागलुङमा बैंकिङ र पशुपंक्षी कसुरका दुई फरार प्रतिवादी पक्राउ

Advertisement

Advertisement

बागलुङ । बागलुङमा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गलकोट नगरपालिका–१ दुधिलाभाटीका ६० वर्षीय जंगबहादुर पुन र २० वर्षीय सुदिप नेपाली रहेका छन् ।

प्रहरीका अनुसार पुनमाथि बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले सैतीस लाख रुपैयाँ जरिवाना र छ दिन कैदको फैसला सुनाएको थियो । त्यस्तै सुदिप नेपालीमाथि जिल्ला अदालत बागलुङले मिति २०८१ असार ५ गते पशुपंक्षी विरुद्धको कसुरमा दुई महिना सात दिन कैदको सजाय तोकेको थियो ।

दुवै जना फरार रहेर लुकिछिपि बसेको अवस्थामा गलकोट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई अदालतको फैसला कार्यान्वयनका लागि बागलुङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.