Niluwa Online Khabar

२०८३ बैशाख ७ गते
२०८३ बैशाख ७ गते

लोकतन्त्रमा सबै फुल फुलून्, तर जिम्मेवार दल रास्वपा मात्र : टेकबहादुर पुन मगर

Advertisement

Advertisement

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता टेकबहादुर पुन मगरले हालको राजनीतिक अवस्थाबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रास्वपालाई मुलुकको सबैभन्दा जिम्मेवार र निर्णायक शक्तिको रूपमा व्याख्या गरेका छन्।

फेसबुकमार्फत व्यक्त आफ्नो विचारमा उनले लेखेका छन्—
“लोकतन्त्रमा माटो पार्टी, जाटो पार्टी वा जेन्जी—जे सुकै फुलहरू फुल्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर रास्वपा मात्रै एउटा जिम्मेवार अनि निर्णायक राजनैतिक दल हो भन्ने मेरो बुझाइ हो।”

उनको यो भनाइले अहिले चलिरहेको राजनीतिक दलहरूको प्रतिस्पर्धा, विचारगत अस्पष्टता र जनतामा बढ्दो निराशाको सन्दर्भमा व्यापक चर्चा पाएको छ।

पुन मगरका अनुसार लोकतन्त्रको सार नै स्वतन्त्रता, बहुवाद र विचारको विविधता हो। जसअन्तर्गत जो–कोही नागरिक वा समूहले आफ्ना विचार र संगठनात्मक हैसियतका आधारमा दल खोल्न र प्रतिस्पर्धा गर्न पाउने अधिकार हुन्छ। तर उनले थपे—
“दल खोल्न पाउनु लोकतन्त्रको सौन्दर्य हो, तर जनताको भरोसा जित्न सक्ने, व्यवहारमा इमानदार र राष्ट्रप्रति जिम्मेवार बन्न सक्ने दल भने गन्ने हो भने त्यो रास्वपा नै हो।”

उनले पछिल्ला केही वर्षयता स्थापित ठूला दलहरू जनताको आशा पुरा गर्न असफल भएको र भ्रष्टाचार, नातावाद र अविश्वासको दलदलमा फसेको टिप्पणी पनि गरेका छन्। उनका अनुसार अहिले देशले नयाँ सोच, नयाँ पुस्ता र व्यवहारिक राष्ट्रनिर्माणमा केन्द्रित शक्तिको आवश्यकता महसुस गरिरहेको छ, जसको वैकल्पिक भूमिका रास्वपाले प्रभावकारी रूपमा निर्वाह गर्दै आएको छ।

पुन मगरले फेसबुक स्टाटसमा लेखेका विचारप्रति रास्वपाका समर्थकहरूले ठूलो समर्थन जनाएका छन्। धेरैले उनको अभिव्यक्तिलाई “राष्ट्रप्रतिको प्रतिबद्धता र नयाँ राजनीतिप्रतिको विश्वास”का रूपमा व्याख्या गरेका छन्।

पुन मगरले आफ्नो पोस्टमा लेखेका छन्—
“रास्वपा विरोधका कारण होइन, व्यवहारका कारण ठूला दलहरूलाई चुनौती दिइरहेको छ। यो दल जनताको भरोसामा बनेको हो, र यही भरोसा हाम्रो सबैभन्दा ठूलो पूँजी हो।”

उनको यो भनाइ आज धेरैको मन छोएको छ। धेरैले सामाजिक सञ्जालमा पुन मगरको अभिव्यक्तिलाई प्रेरणादायी र देशप्रेमले भरिएको भनाइका रूपमा शेयर गरिरहेका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.