Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

पाँच जना एसएसपी डीआईजीमा बढुवा

Advertisement

Advertisement

काठमाडौं । नेपाल प्रहरीले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार बढुवा पाउनेमा भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्।

बढुवापछि उनीहरूलाई विभिन्न जिम्मेवारी दिइएको छ —

भुपेन्द्र खत्री : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

सानुराम भट्टराई : अपराध अनुसन्धान विभाग

ओम अधिकारी : उपत्यका प्रहरी कार्यालय

शेखर खनाल : अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अविनारायण काफ्ले : प्रहरी महानिरीक्षकको सचिवालय

गत ९ कात्तिकमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो। सोही सिफारिसका आधारमा सरकारले पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

तस्बिर: onlinekhabar

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.