Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

अफताब आलमको २:३०बजे राति निधन, दुई सातादेखि भेन्टिलेटरमा

Advertisement

Advertisement

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ।
गंभीर स्वास्थ्य समस्या देखिएपछि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत आलमको गएराति २:३० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका अनुसार उनलाई करिब दुई साताअघि आईसीयूमा भर्ना गरिएको थियो। मिर्गौला फेल भएपछि निरन्तर डायलाइसिस चलिरहेको र अवस्था झन् गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो।

गत जेठमा नक्खु कारागारबाट रिहा लगत्तै आलमलाई ब्रेन स्ट्रोक आएको थियो। त्यसपछि उनी अन्नपूर्ण न्यूरो अस्पताल र पछि भारतमा समेत उपचार गराएका थिए। चिकित्सकका अनुसार स्ट्रोकका दीर्घकालीन जटिलताकै कारण उनको मृत्यु भएको हो।

आलममाथि २०६४ चैत २७ मा रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरूलाई उपचार गर्नुभन्दा जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा मुद्दा चलेको थियो। जिल्ला अदालत रौतहटले उनलाई जन्मकैद सजाय सुनाएको थियो। तर उच्च अदालतबाट उनी सफाइ पाई थुनामुक्त भएका थिए।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.