
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने पनि निगमले जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
भारतीय आयल निगम (आईओसी) बाट आएको नयाँ मूल्यसूचीअनुसार नेपालले आयात गर्ने पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेको निगमले जनाएको छ।
उपभोक्ताको हितलाई ध्यानमा राख्दै सो पूरा मूल्यभार नथोप्री पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र समायोजन गरिएको समेत निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ।


