Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

क्रोसियामा अस्ताए सापकोटा परिवारका सपना

Advertisement

Advertisement

 

वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक क्रोएसियामा कार्यरत एक नेपाली युवाको रेल दुर्घटनामा परी दुःखद निधन भएको छ । काभ्रेपलान्चोक धुलिखेल घर भई हाल क्रोएसियाको “Eugena Kvaternika 77, Retkovci” को एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत् बर्ष ३८ को सन्तोष सापकोटा हिजो मिती २४ नोभेम्बर २०२५, बेलुकी ८ बजे तिर ड्युटी सकी नेपाल घर पैसा पठाउन भनी बैंक जादै गर्दा बीच बाटोमा ट्रेनको लिग क्रस गर्दै-गर्दा अचानक ट्रेनको ठक्करबाट घटनास्थलमा नै निजको मृत्‍यु भएको खबर प्राप्त भएको छ । आज मृतकको परिवारसँग दु:खद घटनाको बारेमा जानकारी गराइ सकेको र जतिसक्दो छिटो मृतकको शब नेपाल पठाउन उनी कार्यरत कम्पनीलाई लाग्ने खर्च भुक्तान गरिदिन सहमत गराइ अनि दुताबाससँग आवश्यक कागजातका लागि पनि समन्वय र सहकार्य भैरहेको छ ।।

यस दुखद घटनाले समग्र क्रोसियामा रहने नेपालि दाजुभाई दिदिबहिनि हरुलाई दुखद तुल्यायको छ । यस दुखद घडिमा मृतकको आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा गहिरो समावेदना ब्यक्त गर्दछौ ।

 

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.