Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

बागलुङमा जीप दुर्घटना, ८ जना घाइते

Advertisement

Advertisement

बागलुङ । बरेङबाट बागलुङतर्फ आउँदै गरेको पिकअप जीप बागलुङ नगरपालिका–८ सिगाना क्षेत्रमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बरेङदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित यात्रुहरू घाइते भएका हुन्।

गम्भीर घाइते हुनेमा
– चालक सुसान्त जिसी
– यात्री प्रशान्त खड्का
रहेका छन्।

यस्तै अन्य घाइतेहरूमा
सावित्रि भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी रहेका छन्।

सबै घाइतेहरूको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिएका छन्।

तस्बिर :aadarshasanchar

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.