मंसिर २५ — सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दाको आज सुनुवाइ हुने भएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको संयु्क्त चार नम्बर इजलाशमा परेको छ। सार्वजनिक बिदाका कारण पछिल्लो पटक स्थगित भएको पेशी आजका लागि तोकिएको हो।
सुप्रिम सहकारीमा भएका अनियमितता र ठगी प्रकरणमा दुवैजना पुर्पक्षका लागि थुनामै राखिएका छन्। लामिछानेले आफूबाट भएको अपचलन रकम दाखिला गरिसके पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको जमानत अस्वीकार गर्दै थुनामा राख्ने आदेश दिएको थियो।
गत मंसिर १३ पछि निरन्तर सारिँदै आएको यो मुद्दाको आजको सुनुवाइमा के निर्णय आउने हो भन्नेबारे ध्यान केन्द्रित भएको छ।
Source:onlinekhabar


