Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

Advertisement

Advertisement

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने छ।

काठमाडौं उपत्यकाको सांस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। उद्घाटन समारोह मध्याह्नपछि सुरु हुने बताइएको छ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट एमालेका नेता तथा कार्यकर्ता काठमाडौं उपत्यका आइपुगेका छन्। जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिनुपरेको करिब तीन महिनापछि हुन लागेको महाधिवेशनलाई भव्य र सानदार बनाउने तयारी गरिएको पार्टीले जनाएको छ।

उद्घाटन समारोहअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने छ। ती जुलुसहरू भक्तपुरको सल्लाघारीमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ।

सल्लाघारीमा उद्घाटन सम्पन्न भएपछि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ। सोही बन्दसत्रबाट एमालेको नयाँ नेतृत्व चयन गरिने छ। नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

यसैबीच, वरिष्ठ उपाध्यक्ष पोखरेलले बन्दसत्रमा छुट्टै राजनीतिक डकुमेन्ट पेस गर्ने तयारी गरेका छन्। हिजो साँझ बसेको एमाले सचिवालय बैठकले पोखरेललाई डकुमेन्ट पेस गर्न दिने तर त्यसमा छलफल नगर्ने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ।

तस्बिर :onlinekhabar

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.