काठमाडौं — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा महाधिवेशनको बन्दसत्रसँग सम्बन्धित कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। यो बैठक वर्तमान केन्द्रीय कमिटीको कार्यकालको अन्तिम बैठकसमेत रहेको छ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आयोजना हुँदैछ। बिहानैदेखि सुरु गर्ने तयारी गरिएको बन्दसत्र प्राविधिक तथा व्यवस्थापकीय कारणले दिउँसो १ बजेका लागि सारिएको जनाइएको छ।
महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन तथा संगठनात्मक दिशा तय गर्ने अपेक्षा गरिएको छ।


