Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

बिहीबार सुनचाँदीको भाउ बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

Advertisement

Advertisement

काठमाडौँ ।
बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दु प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

लगातार दुई दिनदेखि चाँदीको मूल्यले नयाँ उच्च रेकर्ड बनाइरहेको महासंघले जनाएको छ ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.