Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

पिकअपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

Advertisement

Advertisement

बागलुङ। बागलुङ नगरपालिका–४ कुँडुलेमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बागलुङ–बेनी सडकखण्डमा बेनीबाट बागलुङ बजारतर्फ आउँदै गरेको ध १ च १३३६ नम्बरको पिकअप जिपले सडक क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। पिकअप जिप पर्वत जिल्लाको जलजला गाउँपालिका–८ नाङ्लिबाङ निवासी २५ वर्षीय सुनिल नेपालीले चलाएका थिए।

दुर्घटनामा काठेखोला गाउँपालिका–१ धैरेनी निवासी शिवप्रसाद शर्माका पाँच वर्षीय छोरा सूर्य ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो।

घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.