Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

गण्डकी प्रदेशमा रास्वपाको भरोसा टेक बहादुर पुन मगरमाथि

Advertisement

Advertisement

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेश अन्तर्गत आदिवासी जनजाति क्लस्टरबाट टेक बहादुर पुन मगरलाई प्रारम्भिक उम्मेदवारका रूपमा छनोट गरेको छ।

मिति २०८२ साल पौष ३ गते बिहीबार बसेको रास्वपा उम्मेदवार छनोट समितिको बैठकले पुन मगरलाई प्रारम्भिक उम्मेदवार चयन गरेको हो। पार्टीले आफूलाई नेपालको एक मात्र वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि बढाइरहेका बेला गरिएको यो निर्णयलाई अर्थपूर्ण र आशावादी रूपमा हेरिएको छ।

प्रारम्भिक उम्मेदवार छनोटका क्रममा बागलुङ जिल्लाबाट सर्वसम्मत रूपमा एकल उम्मेदवार बनाउने निर्णय पार्टी संगठनको एकता, विश्वास र परिपक्वताको प्रतीक बनेको छ। यस निर्णयमा जिल्ला सभापति महेन्द्र खड्का, उपसभापति ढालेन्द्र रायमाझी, सचिव बबिन नेपाल, सह–सचिव नारायणदत्त शर्मा, गण्डकी प्रदेश संगठन विभाग सदस्य तथा जिल्ला सचिवालय प्रमुख खिमानन्द पौडेल, कोषाध्यक्ष डुकु मल्ल, क्षेत्रीय सभापति बालकृष्ण शर्मा लगायत सम्पूर्ण जिल्ला कार्यसमितिको महत्वपूर्ण भूमिका रहेको थियो।

यसैगरी चार वटै नगरपालिका र छ वटै गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूको समर्थनले पुन मगरको उम्मेदवारीलाई अझ बलियो बनाएको छ।

उम्मेदवार चयनपछि प्रतिक्रिया दिँदै पुन मगरले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भने, “पछिल्ला ५० वर्ष आफू र परिवारका लागि बिताएँ, अबका १० वर्ष देश र जनताका लागि समर्पित गर्ने अठोटका साथ रास्वपामा आएको हुँ।” उनले बागलुङ मात्र होइन, समग्र गण्डकी प्रदेश तथा नयाँ नेपालको विकास र निकासका लागि इमानदार र सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

आदिवासी जनजाति समुदायबाट लामो समयदेखि राजनीतिमा अनुभवी, संगठनप्रति निष्ठावान र जनताको दुःख–सुखमा साथ दिने नेताका रूपमा परिचित पुन मगरको प्रारम्भिक उम्मेदवारीलाई रास्वपा समर्थकहरूले आशाको रूपमा लिएका छन्।

रास्वपाले आगामी दिनमा उम्मेदवार छनोट प्रक्रियालाई अझ पारदर्शी, समावेशी र जनमुखी बनाउँदै लैजाने जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.