Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा

Advertisement

Advertisement

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। यसअघि गत सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर बनाएको रेकर्डलाई ठीक एक सातामै तोड्दै सुनले नयाँ उचाइ कायम गरेको महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ। आज चाँदीको भाउ प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १३० रुपैयाँले बढी हो। यसअघि चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यवृद्धि, विश्व आर्थिक अनिश्चितता तथा लगानीकर्ताको आकर्षण बढ्नुलाई स्थानीय बजारमा मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.