गलकोट नगरपालिका वडा नम्बर ११ काउछेमा लु १ क ४६०८ नम्बरको टिपरमा आज बिहान करिब ९:३० बजेको समयमा आगलागी भएको छ।
विद्युत् तार सर्ट भएर टिपरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
आगो खरबाङ प्रहरी चौकी र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो।
आगलागीका कारण टिपरमा आंशिक क्षति पुगेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गलकोटमा टिपरमा आगलागी, आंशिक क्षति


