Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

सुनको भाउ तोलामा ४ हजार ६ सयले बढ्यो

Advertisement

Advertisement

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन उल्लेख्य दरले बढेको हो। अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण तथा नियन्त्रणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द रहने गरे पनि सोमबार खुलेसँगै सुनको भाउ प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदीको भाउ तोलामा १८५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.