काठमाडौँ – निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जाँदा सुरक्षाका कारण कुनै प्रकारको डर वा सङ्कोच गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।
सरकारले समयमै आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्ने टिप्पणीहरू आइरहेका बेला आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँका अनुसार सुरक्षा निकाय, सम्बन्धित मन्त्रालय र निर्वाचन आयोगबीचको समन्वयमा चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको छ।
प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गर्दै सुरक्षासम्बन्धी तयारीलाई तीव्र बनाएको जानकारी दिनुभयो। साथै, आउँदो निर्वाचनमा बदर मतको संख्या घटाउन आवश्यक रणनीति तय गरी कार्यान्वयनतर्फ अघि बढ्ने पनि उहाँले बताउनुभयो।
फागुन २१ को चुनाव सुरक्षित हुने निर्वाचन आयोगको दाबी


