Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड

Advertisement

Advertisement

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन। गत सोमबारदेखि निरन्तर उकालो लागिरहेको सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि नयाँ रेकर्ड कायम भएको छ। आज चाँदी तोलामा एकैदिन ३ सय १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको बढ्दो आकर्षण तथा स्थानीय मागका कारण सुनचाँदीको मूल्य निरन्तर बढिरहेको व्यवसायीहरूको भनाइ छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.