

brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 34;


गलकोट नगरपालिका वडा नम्बर ५ मा वडा स्तरीय कृषि मेला प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय तथा रुस्दी युवा क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले कृषि क्षेत्रलाई व्यवस्थित र व्यवसायमुखी बनाउँदै लैजान यस्ता मेला तथा प्रदर्शनीहरू महत्वपूर्ण हुने बताउनुभयो। उहाँले कृषकको उत्पादनलाई पहिचान दिलाउन, प्रविधिसँग जोड्न र बजारसम्म पहुँच पुर्याउन यस्ता कार्यक्रमले ठोस टेवा पुर्याउने उल्लेख गर्नुभयो।
नगर उपप्रमुख निउरेले स्थानीय स्तरमै उत्पादन भएका कृषि उपजको संरक्षण र उपयोगमा जोड दिँदै कृषक, उपभोक्ता र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। नगरपालिकाले कृषकलाई हौसला प्रदान गर्ने खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले स्पष्ट पार्नुभयो।
कृषि पेशाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा गलकोट नगरपालिका भित्रका सम्पूर्ण वडाहरूको सहभागिता रहेको थियो।
कृषि मेला प्रदर्शनी तथा प्रतियोगितामा गलकोट नगरपालिका वडा नम्बर १० प्रथम, वडा नम्बर ५ द्वितीय, वडा नम्बर ११ तृतीय र वडा नम्बर ६ सान्त्वना भएको गलकोट नगरपालिकाका कृषि शाखा प्रमुख सङ्गिता श्रीसले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने समूहले १० हजार, द्वितीयले ८ हजार, तृतीयले ५ हजार र सान्त्वनाले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको उहाँले बताउनुभयो।
प्रतियोगिताको मूल्याङ्कन कृषि विकास कार्यालय बागलुङका कृषि अर्थविद् प्रतिभा शर्मा, पशु सेवा शाखा प्रमुख चिन्तामणि शर्मा तथा नगर कृषि विकास समितिका संयोजक गुमानसिंह खत्रीले गर्नुभएको थियो।
कार्यक्रम रुस्दी युवा क्लबका अध्यक्ष अम्मर बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो।


