Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

बागलुङ क्षेत्र नं. २ मा नेकपाको बलियो चाल : ज्ञामनाथ गैरे उम्मेदवार

Advertisement

Advertisement

बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य ज्ञामनाथ गैरे (अनिल) लाई उम्मेदवार बनाउने निर्णय गरेसँगै बागलुङको राजनीतिक माहोल तातेको छ।
जिल्लाबाट एक नम्बर सिफारिस भएका गैरेलाई उम्मेदवार बनाएर पार्टी नेतृत्वले अनुभवी, संघर्षशील र संगठन निर्माणमा खारिएका नेतालाई अगाडि सारेको टिप्पणी हुन थालेको छ। विद्यार्थी राजनीतिदेखि सक्रिय गैरे सशस्त्र द्वन्द्वकालमा जिल्ला सचिव जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै पार्टीलाई बलियो बनाउन अग्रपंक्तिमा रहेर काम गरेका नेता हुन्।
सिफारिस हुनासाथ नेकपाका कार्यकर्ता र समर्थकहरू गैरेको पक्षमा उत्साहका साथ प्रचार–प्रसारमा जुटेका थिए। संगठनप्रति निष्ठावान्, स्पष्ट विचार र जुझारु नेताको छवि बनाएका गैरेलाई उम्मेदवार बनाएर पार्टीले लामो समयदेखि संगठनमा पसिना बगाएका कार्यकर्ताको मनोबल उच्च बनाएको बताइन्छ।
यस निर्णयले बागलुङ क्षेत्र नं. २ मा नेकपाको चुनावी प्रतिस्पर्धा थप बलियो हुने संकेत देखिएको छ भने गैरेको उम्मेदवारीले चुनावी मैदान झनै रोचक बन्ने निश्चित देखिन्छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.