Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

निर्वाचन आचारसंहिता आज रातिदेखि लागू

Advertisement

Advertisement

काठमाडौं — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू हुने विषयमा सरकारलाई औपचारिक रूपमा जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा रहेको आयोगको टोलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा सरकारलाई आचारसंहिताबारे जानकारी दिएको हो।
कार्यक्रममा निर्वाचन आयोगले आचारसंहितासम्बन्धी विशेष प्रस्तुतीकरणसमेत गरेको थियो। आयोगका अनुसार आज बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू गर्ने निर्णय गरेको छ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक हुने उल्लेख गरेको छ।

तस्बिर :onlinekhabar

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.