Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

बागलुङमा रास्वपाको टिकटले उठायो तरंग, स्थानीय नेताहरू असन्तुष्ट

Advertisement

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङ प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा सुशिल खड्का र क्षेत्र नम्बर २ मा सोम शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टीभित्र तीव्र असन्तोष देखिएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि केन्द्रबाट गरिएको उक्त निर्णयप्रति जिल्लाका नेताहरू र कार्यकर्ताहरू खुलेरै असहमति जनाउन थालेका छन्।
खड्का बागलुङ नगरपालिका–३ गुठी र शर्मा नगरपालिका–४ निवासी भए पनि उनीहरू स्थानीय राजनीतिक गतिविधि र संगठन निर्माणमा पर्याप्त रूपमा संलग्न नरहेको आरोप लगाइएको छ। खड्काले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन सकेर हालै नेपाल फर्किनु भएको हो भने शर्मा काठमाडौं केन्द्रित अभियन्ताका रूपमा चिनिनु हुन्छ। ‘जेन–जी’ आन्दोलनमा सक्रिय रहनु भएका शर्मा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग नजिक रहेर रास्वपामा अघि बढ्नु भएको बताइन्छ।
जिल्लाबाट उम्मेदवार सिफारिस प्रक्रियालाई बेवास्ता गर्दै केन्द्रले आफ्नो इच्छाअनुसार टिकट बाँडेको भन्दै पार्टीका पुराना र सक्रिय कार्यकर्ताहरू आक्रोशित बनेका छन्। २०७९ को निर्वाचनमा उम्मेदवार रहनु भएका खिमानन्द कंडेल, जैमिनी नगरपालिका प्रमुख राजेन्द्र आचार्य लगायत नेताहरूले उम्मेदवार छनोटमा पार्टी नेतृत्व गम्भीर रूपमा चुकेको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनीहरूले जिल्लामा पार्टी विस्तार र संगठन मजबुत बनाउन खटिएका कार्यकर्तालाई वेवास्ता गरिएको आरोप लगाएका छन्। स्थानीय तहमा जरा गाड्न नसकेका व्यक्तिलाई टिकट दिँदा रास्वपाको ‘नयाँ राजनीति’को नारामाथि नै प्रश्न उठेको उनीहरूको भनाइ छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.