Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने

Advertisement

Advertisement

निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि निश्चित सरकारी कागजात भएमा मतदान गर्न पाइने जनाएको छ। आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो स्पष्ट पारेको हो।
मतदाता परिचयपत्र नभएमा मतदान गर्न पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासामा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने जानकारी दिएको छ। आयोगका अनुसार मतदान गर्नका लागि अनिवार्य रूपमा मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्छ।
मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले सामान्य अवस्थामा मतदानका लागि मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था छ। तर मतदाता परिचयपत्र नभएको, हराएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र तथा जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एक सक्कल कागजात लिएर मतदान केन्द्रमा गएमा मतदान गर्न पाइने आयोगले जनाएको छ।
आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदातालाई आवश्यक कागजात साथमा लिएर समयमै मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.