Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

सडक र स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सहित कांग्रेसको प्रचार

Advertisement

Advertisement

आगामी निर्वाचनको तयारी स्वरूप नेपाली कांग्रेसले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने गलकोट नगरपालिका वडा नम्बर १० मा चुनावी प्रचारलाई तीव्र बनाएको छ। सो क्रममा आज पाण्डवखानी र रमुवा क्षेत्रमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो।
घरदैलोका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार टेकराज पौडेलले स्थानीय आवश्यकताका आधारमा विकासका काम अघि बढाइने बताउनुभयो। उहाँले पाण्डवखानी क्षेत्रमा मोटर बाटोको अवस्था सुधार गर्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी रमुवामा उत्पादन हुने आलु, भाँगो जस्ता कृषि उपजलाई बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनुभयो।
उम्मेदवार पौडेलले विकास निर्माणका कामसँगै जनअधिकारको सुनिश्चितता, संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि नेपाली कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको भन्दै रूख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
टेकराज पौडेलको नेतृत्वमा क्षेत्र नम्बर २ का विभिन्न स्थानमा घरदैलो तथा भेटघाट कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। प्रचारप्रसार कार्यक्रममा नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार रेनुका काउचा, जिल्ला सभापति जित सेरचन, जिल्ला सह–सचिव फम खत्री लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्बर १० वडा समितिका सभापति दीप घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गिरि प्रसाद घर्तीले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नवीन रानाले गर्नुभएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.