गलकोट — गलकोट नगरपालिका वडा नम्बर ३ गौदिखोलामा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गल्छी गाउँपालिका वडा नम्बर २, धादिङ जिल्ला निवासी १७ वर्षीय राम राई रहेका छन्।
प्राप्त जानकारीअनुसार पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा राई गम्भीर घाइते भएका थिए। अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल उजिर कार्की स्वास्थ्य क्लिनिक लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाबारे ईलाका प्रहरी कार्यालय गलकोट ले जानकारी दिएको छ। प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
गलकोटमा करेन्ट लागेर १७ वर्षीय युवकको ज्यान गयो


