Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

बडिगाड गाउँपालिकामा पिकअप दुर्घटना, २ जना गम्भीर घाइते

Advertisement

Advertisement

बडिगाड गाउँपालिका वडा नम्बर ८ बाट गल्कोट हटिया जाँदै गरेको ग३च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ९ बजे दुर्घटनामा परेको छ। अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेपछि गाडी दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
दुर्घटनामा गाडीमा सवार ६ जनामध्ये २ जना गम्भीर घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लैजाने तयारी भइरहेको छ।
स्थानीय हिमाल श्रीसका अनुसार गाडी मोडमा अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनापछि स्थानीयवासीहरू तत्काल उद्धारमा खटिएका थिए।
दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.