Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गरिबी निवारणका लागि लघु उद्यमशीलता विकास तालिम सम्पन्न

Advertisement

Advertisement

गरिबी निवारण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको लघु उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत दुधजन्य परिकारसम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ।

गल्कोट नगरपालिका वडा नं. ४ चमुवा मा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिम अवधिभर सहभागीहरूलाई दुधबाट विभिन्न परिकार तयार गर्ने व्यावहारिक सीप, उत्पादनको गुणस्तर सुधार गर्ने विधि, उपयुक्त प्याकेजिङ तथा बजार व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि चिन्तामणि सर्माले यस्ता सीपमूलक तालिमले ग्रामीण क्षेत्रका नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीपसँगै लगनशीलता र निरन्तर अभ्यास जोडिएमा साना उद्यमलाई दिगो व्यवसायमा रूपान्तरण गर्न सकिने धारणा राख्नुभयो। साथै स्थानीय उत्पादनलाई बजारसँग जोड्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष बल बहादुर खत्रीले यस्ता तालिमहरूले स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “दुधजन्य परिकारसम्बन्धी यो तालिमले महिलाहरू तथा युवालाई स्वरोजगारतर्फ अग्रसर गराएको छ। सिकेको सीपलाई व्यवहारमा उतारेर साना उद्यम सञ्चालन गर्न सके आर्थिक अवस्था सुधारमा ठुलो टेवा पुग्छ।”
अध्यक्ष खत्रीले आगामी दिनमा पनि वडा कार्यालयको तर्फबाट आयआर्जनमूलक तथा सीप विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूलाई सफल उद्यमी बन्न शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रम ईश्वरी गौतम को स्वागत ,कमला सुनार को सन्चालनमा सम्पन्न भएको थियो l

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.