
नेपाली काङ्ग्रेसले गल्कोट नगरपालिका वडा नम्बर ४ बौरमा आफ्नो वडा कार्यालय स्थापना गरेको छ। उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सदस्य शिव खत्री ले संगठनलाई वडास्तरसम्म मजबुत बनाउन कार्यालय स्थापना गरिएको बताएकि छन्। उनले पार्टीलाई जनतासँग नजिक राख्दै जनसमस्या समाधानमा सक्रिय भूमिका खेल्न कार्यकर्तालाई आग्रह गरेकि हुन।
कार्यक्रममा मूल प्रचार–प्रसार संयोजक कृष्ण भण्डारी को संयोजकत्वमा १५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको छ। उक्त समितिले वडा भित्र पार्टी गतिविधिलाई योजनाबद्ध र प्रभावकारी ढंगले अघि बढाउने बताएका छन्। साथै युवा संयोजक बिकास सुबेदिको संयोजकत्वमा १४ सदस्य रहेका छन् तेस्तै महिला संयोजकका रूपमा गंगा खड्का को नेतृत्वमा २१ सदस्यीय महिला समिति चयन गरिएको छ। कार्यक्रममा महिला तथा युवाको सक्रिय सहभागिता रहेको थियो
lकार्यक्रम वडा कार्यबाहक सभापति खुम न्यैपाने को अध्यक्षता, कृष्ण भण्डारीको स्वागत मन्तव्य तथा सचिव डोर्णराज पौडेल को सञ्चालनमा सम्पन्न भएको थियो।
वडा कार्यालय स्थापना भएसँगै स्थानीय स्तरमा पार्टी गतिविधि थप सशक्त हुने विश्वास लिइएको छ।


