Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

आज रातिदेखि मौन अवधि, चुनावी प्रचारप्रसारको अन्तिम दिन

Advertisement

Advertisement

काठमाण्डौ – आउँदो बिहीवार हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज प्रचारप्रसारको अन्तिम दिन रहेसँगै देशभर राजनीतिक दल तथा उम्मेदवारहरू अन्तिम घरदैलो, सभा तथा भेटघाटमा व्यस्त भएका छन्। आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएकाले चुनावी गतिविधि तीव्र बनेको हो।
निर्वाचन आचारसंहिताअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघि मौन अवधि सुरु हुन्छ। मौन अवधिमा कुनै पनि प्रकारको सभा–जुलुस, प्रचारप्रसार, मत माग्ने गतिविधि तथा सामाजिक सञ्जालमार्फत चुनावी सामग्री प्रकाशन गर्न नपाइने व्यवस्था छ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन स्थानीय प्रशासनले आज राति १० बजेदेखि मतदान सम्पन्न भई भोलिपल्ट फागुन २२ गते बिहान ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेका छन्। सीमा क्षेत्रमा निगरानी बढाइएको जनाइएको छ।
निर्वाचन आयोग ले मतदान प्रक्रिया सहज, व्यवस्थित र प्रभावकारी बनाउन देशव्यापी रूपमा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको जानकारी दिएको छ। आयोगले मतदातालाई ढुक्क र निर्भीक वातावरणमा मतदान गर्न आह्वान गरेको छ।
बिहीवार देशभर एकै चरणमा मतदान हुँदैछ। प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य चयन गर्न छुट्टाछुट्टै मतपत्र प्रयोग गरिनेछ।
यसपटकको निर्वाचन नियमित कार्यकाल पूरा भएपछि हुने आवधिक चुनाव नभई विशेष परिस्थितिका कारण हुन लागेको हो। गएको भदौमा भएको नवयुवा आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचनको मिति तय गरिएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.