गलकोट नगरपालिका वडा नम्वर २ मौरीयामा स्कार्पियो दुर्घटना भएको छ ।
बिहान करिव १०ः३० बजेको समयमा बागलुङबाट गलकोट नगरपालिका–३ हटिया आउँदै गरेको गण्डकी प्रदेश ०२–००१ य ०००१ नम्वरको स्कार्पियो गलकोट नगरपालिका वडा नं. २ मौरीयामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
दुर्घटनामा परी ५२ वर्षिय अर्जुन चोखाललाई सामान्य चोट लागेको र उहाँको श्रीमती ४५ वर्षिय शान्ति अधिकारीको दाहिने कुम फ्याक्चर भएको छ ।
घाईतको ईमरजेन्सी अस्पतालमा सामान्य उपचार पछि काठमाडौंको बि एण्ड बि हस्पिटलमा रिफर गरिएको छ भने, गाडिको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


