Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

ग्यास अभाव व्यवस्थापन गर्न आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय

Advertisement

Advertisement

काठमाडौं । नेपाल आयल निगमले ग्यासको आपूर्ति व्यवस्थापन गर्न भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन्। आधा सिलिन्डरको मूल्य पनि हाल प्रचलित सिलिन्डरको मूल्यको आधा नै तोकिने बताइएको छ।
अन्तर्राष्ट्रिय स्तरमा भइरहेको युद्धका कारण ग्यासको माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले बजारलाई सहज बनाउन यस्तो निर्णय गरिएको निगमले जनाएको छ।
कार्यकारी निर्देशक भट्टका अनुसार आधा सिलिन्डर वितरण गर्दा ग्यास धेरै उपभोक्तासम्म पुग्नेछ। “पहिले एक हजार जनाले ग्यास पाउने अवस्थामा अब करिब दुई हजार जनाले ग्यास पाउने सम्भावना हुन्छ,” उनले बताए।

यसका साथै यस निर्णयले ग्यास अनावश्यक रूपमा थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको विश्वास छ। “आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई वास्तविक आवश्यकता छ उसैले मात्रै किन्छ,” भट्टले बताए।
निगमका अनुसार यो निर्णय लागू भएपछि बजारमा देखिएको ग्यास अभाव केही हदसम्म समाधान हुने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.