Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाले वडा स्तरमा समिक्षा

Advertisement

Advertisement

गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाले वडा स्तरमा समिक्षा गरेको छ ।

बागलुङको गलकोट नगरपालिका वडा नं ७ मल्मको वडा कमिटीद्वारा आयोजित कार्यक्रममा निर्वाचनको समिक्षा सँगै मतदातालाई धन्यवाद ज्ञापन गरिएको नेकपाले जनाएको छ ।

पार्टीका अनुसार निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएपनि आगामी निर्वाचनमा नागरिक समक्ष पार्टीको तर्फबाट भएका विकास निर्माण सँगै नागरिकका गुनासा, विपक्षीद्वारा छरिएका भ्रमहरुको चिरफार गरि नागरिकको पक्षमा कार्य सम्पादन गर्ने गरि अगाडी बढने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी संयोजक ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।

वडा स्तरमा यति धेरै घेराबन्दी हुँदाहुँदै पनि पार्टीका उम्मेदवारले पाएको सम्मानजनक मतलाई जनताको विश्वास र पार्टीको विचार प्रतिको बलियो समर्थनका रूपमा लिइएको पार्टीले जनाएको छ ।

पार्टीले यस पटकको निर्वाचनमा रास्वपालाई संगठनात्मक मत नभई विभिन्न पार्टीबाट समर्थकहरुको मत प्राप्त भएको र उक्त मत दीर्घकालिन नहुने निष्कर्ष निकालेको छ । निर्वाचनको नतिजा आफ्नो पक्षमा नआए पनि पार्टीले आफ्नो वैचारिक आस्था जोगाउन सफल भएको उल्लेख गर्दै, हार अन्तिम नभई विचारको लडाइँ अझै बाँकी रहेको जनाएको छ ।

सो अवसरमा निर्वाचनका अनुभव, कमजोरी र आगामी रणनीतिबारे छलफल समेत गरिएको थियो । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले टोल टोलको सांगठनिक अवस्था, मतदाताको मनोविज्ञान, जनलहर, पुराना पार्टी सबै एउटै हुन भनि नागरिकमा जबरदस्त निर्माण गरिएको भाष्य लगायतका विषयमा समिक्षा गरिएको नेपाली कम्युनिष्ट पार्टीले जानकारी दिएको छ ।
✍️थम्मन थापा सन्देश

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.