Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

हारपछि ठूलो निर्णय: गगन थापाले दिए राजीनामा

Advertisement

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यसअघि काठमाडौं-४बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा अमरेशकुमार सिंहले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै पहिलो शक्ति बनेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा खुम्चिएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित भएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामाको तयारी गरेका थिए। यद्यपि पार्टीभित्रका विभिन्न नेताहरूले उनलाई निर्णय फिर्ता लिन आग्रह गर्दै आएका थिए। तर अन्ततः उनले पदबाट अलग हुने निर्णय लिएका हुन्।
थापा यसअघि विशेष महाधिवेशनमार्फत सर्वसम्मत रूपमा सभापति चयन भएका थिए। उनले बुझाएको राजीनामाबारे अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ। उक्त बैठक शुक्रबारका लागि बोलाइएको छ।
थापाको राजीनामासँगै नेपाली कांग्रेसभित्र नेतृत्व, संगठन पुनर्संरचना र आगामी रणनीतिबारे बहस थप तीव्र हुने देखिएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.