Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

एसईई नतिजा दुई दिनभित्र सार्वजनिक हुने तयारी

Advertisement

Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार हाल नतिजा प्रकाशनको अन्तिम चरणको काम भइरहेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै आइटीमार्फत डाटा परीक्षण तथा रुजुको काम भइरहेको बताए । “त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्ने तयारीमा छौं,” उनले भने ।
यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सहज भएको हो ।
आइटी सम्बन्धी सम्पूर्ण काम सम्पन्न भएपछि बोर्ड बैठक बसेर औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने जनाइएको छ ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.