
गलकोट नगरपालिका–३ हटियामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गलकोट नगर समितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ। कार्यालय उद्घाटनसँगै सभापति रवि लामिछानेको समर्थनमा जनताको हस्ताक्षर संकलन अभियान र बाईक र्याली पनि गरिएको छ।
कार्यक्रममा रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले रास्वपा कुनै पुरानो राजनीतिक ढाँचाको पार्टी नभएर, भ्रष्ट व्यवस्था विरुद्धको जनभावनाबाट जन्मिएको नयाँ राजनीतिक विकल्प भएको बताउनुभयो। उहाँले भन्नुभयो, “रवि लामिछानेमाथि भइरहेका आक्षेप र षड्यन्त्र अब जनताले बुझिसकेका छन्, यो हस्ताक्षर अभियान जनभावनाको क्रान्ति हो।”
कार्यक्रमअन्तर्गत गलकोट नपा–२ नरेठाँटीबाट सुरु भएको मोटरसाइकल र्याली हटिया, हरिचौर बजार हुँदै गलकोट–३ जिपपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो।
सभामा गण्डकी प्रदेश इन्चार्ज झविन्द्र डुम्रे, उपसभापति मिना आचार्य, सहमहामन्त्री कृष्ण प्रसाद लम्साल, कास्की सचिव दिपेन्द्र पोखरेल, जिल्ला सभापति महेन्द्र खड्का लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता नगर सभापति राजेन्द्र पुन, स्वागत मन्तव्य उपसभापति पदम खत्री र सञ्चालन जिल्ला सचिव भविन नेपालले गर्नुभएको थियो।
त्यस्तै, आजकै अवसरमा नरेठाँटीमा तिलक खत्रीको नेतृत्वमा १७ सदस्यीय वडा समिति गठन गरिएको छ।


