
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको आज बिहान निधन भएको छ। उहाँको निधन बिहान ८ बजे, भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा भएको हो।
विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ, कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएको थियो।
उहाँले नवलपरासीको भूमि समस्या समाधान आयोगको अध्यक्षका रूपमा पनि योगदान दिनुभएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले गुरुङको निधनले पार्टीलाई गहिरो क्षति पुगेको बताउनुभएको छ।


