Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

मलेसियामा बाग्लुङका शस् बहादुर थापा मगरको निधन

Advertisement

Advertisement

बागलुङ — मलेसियाको क्वालालम्पुर नजिकैको काजाङ क्षेत्रमा बागलुङका शस् बहादुर थापा मगर मृत भेटिएका छन्। मलेसियामा कार्यरत याम बहादुर र तारा काउचाका अनुसार मृत्यु भएको तीन दिन बितिसक्दा पनि शव वेवारिसे अवस्थामा रहेको छ।

घटनाको कारणबारे विस्तृत विवरण खुल्न बाँकी रहे पनि स्थानीय प्रहरी र सम्बन्धित निकायले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाइएको छ।

थापा मगर वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका थिए। उनको निधनको खबरले त्यहाँ रहेका नेपाली समुदायमा शोक छाएको छ।

याम बहादुर र तारा काउचाले मृतकको परिवारसँग सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा शव स्वदेश पठाउन दूतावास र समुदायको सहयोग आवश्यक रहेको बताएका छन्।

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.