Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

नेपाल पर्यटक यातायात व्यवसायी संघको कार्यसमिति निविरोध निर्वाचित

Advertisement

Advertisement

नेपाल पर्यटक यातायात व्यवसायी संघको २२ औं वार्षिक साधारण सभामा नयाँ कार्यसमिति निविरोध निर्वाचित भएको छ। निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार अध्यक्षदेखि सदस्यसम्मका सबै पदाधिकारीमा उम्मेदवारहरूको संख्या बराबर मात्र दर्ता भएकाले मतदानको आवश्यकता नरहेको जनाएको छ।

निर्वाचन समितिका प्रमुख हरीप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार अध्यक्षमा फिम बहादुर घले तामाङ, वरिष्ठ उपाध्यक्षमा विनोद तामाङ, उपाध्यक्षमा रामकुमार बस्नेत, महासचिवमा भरत प्रसाद सिटौलाछे त्रिपाठी, सचिवमा टेक बहादुर पुन, कोषाध्यक्षमा तेजबहादुर लामा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै सदस्यतर्फ बाजुराल हेम्जे, हरिकृष्ण हुमागाई र विनु बहादुर कार्की निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिले उम्मेदवारी दर्ता संख्या आवश्यकभन्दा बढी नपरेका कारण सबै पदाधिकारी स्वतः निर्वाचित भएको जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.