Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

नेपाली काँग्रेस नगर कार्य समितिको बैठक हटियामा सम्पन्न

Advertisement

Advertisement

गलकोट नगरपालिका–३ हटियामा नेपाली काँग्रेस नगर कार्य समितिको बैठक तथा छलफल सम्पन्न भएको छ। नगर पार्टी कार्यालय हटियामा भएको बैठकको अध्यक्षता नगर कार्य समितिका सभापति विरजंङ भण्डारीले गर्नुभएको हो।

बैठकमा संविधान सभा सदस्य निरज पुन, प्रदेश सभा (ख) का सदस्य दोर्ण कुवर, प्रदेश सभा (क) का सभापति तिलक घर्ति, महाधिवेशन प्रतिनिधि मन्जेश बम मल्ल, जिल्ला सह–सचिव फमबहादुर खत्री, विभिन्न भातृ संगठन, महिला संघ, शुभेच्छुक संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।

बैठकले पार्टी संगठनलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, संगठन कमजोर हुनुका कारण र त्यसका समाधानबारे गम्भीर छलफल गरेको छ। साथै वडास्तरका समस्या समाधान, शुल्कसम्बन्धी उठिरहेका प्रश्न, गलकोटमा इलाका प्रशासन कार्यालयको आवश्यकता, क्रियाशील सदस्यता नवीकरण तथा डेलिगेसन पठाउने जस्ता विषयमा निर्णय गरिएको बताइएको छ।

कार्यक्रमको सञ्चालन पार्टीका सह–सचिव टिकाराम गौतमले गर्नुभएको थियो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.