Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

गलकोटमा निजी विद्यालय संघद्वारा शोक ब्यक्त गर्दै सबै निजि बिधालय बन्द

Advertisement

Advertisement

गलकोट, २४ भदौ ।
गलकोट प्राइभेट तथा बोर्डिङ्ग स्कुल्स एशोसिएशन (जिपिबिएसए) ले संयुक्त विज्ञप्ति जारी गर्दै आज मङ्गलवार (भदौ २४) का लागि विद्यालय बिदा दिने निर्णय गरेको छ ।

भदौ २३ गते नेपालका विभिन्न भागमा जेन जीले अघि सारेको आन्दोलनका क्रममा घटेको दुःखद घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आजलाई शोक दिवस को रूपमा मनाइने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा निर्दोष विद्यार्थीहरूले न्यायोचित आन्दोलनमा सहभागी भएको बेलामा ज्यान गुमाउनु परेको पीडादायी घटनाले सम्पूर्ण शैक्षिक परिवारलाई स्तब्ध र शोकाकुल बनाएको उल्लेख छ । साथै, दिवंगत आत्माहरूको चिरशान्ति, शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

जिपिबिएसएले सम्पूर्ण सदस्य विद्यालयहरू आज बन्द रहने र भदौ २५ गतेदेखि नियमित शैक्षिक गतिविधि सञ्चालनमा आउने जनाएको छ ।

यस्तै, जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थीहरूका स्मृतिमा दिप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.