जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम अर्को आदेश नआउञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विज्ञप्ति मार्फत् जानकारी दिएका छन्।
जारी आदेशअनुसार,
बागलुङ नगरपालिका–१, २, ३ र ४
गलकोट नगरपालिका–३, ५ र ६
जैमिनी नगरपालिका–१
ढोरपाटन नगरपालिका–१, २ र ३
मा कर्फ्यू लागू हुनेछ।
कर्फ्यू क्षेत्रभित्र पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न प्रतिबन्ध लगाइएको छ।
प्रशासनले जारी गरेको सूचनामा आदेशको अवज्ञा गर्ने वा कार्यान्वयनमा अवरोध गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारवाही हुने चेतावनी दिइएको छ।


