Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

बागलुङले आज साँझ ६ बजेदेखि भोली बिहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी

Advertisement

Advertisement

देशभर जारी तनावग्रस्त परिस्थितिबीच बागलुङमा पनि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्लाभर भइरहेका प्रदर्शन, जुलुस र सम्भावित झडपका कारण जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेदेखि भोली बिहान ६ बजेसम्मका लागि कर्फ्यू लागू गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शान्ति सुरक्षा कायम राख्न कर्फ्यू जारी गरिएको जानकारी दिनुभयो। आदेशअनुसार बागलुङ जिल्लाभर कुनै पनि व्यक्ति वा समूहलाई आवतजावत, भेला, जुलुस, सभा र बैठक गर्न पाइने छैन।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार जारी आदेशको उल्लंघन गर्ने उपर कानूनी कारबाही हुने चेतावनीसमेत प्रशासनले दिएको छ l

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.