Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

रवि लामिछाने कारागार फर्किन तयार

Advertisement

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किन तयार भएको बताएका छन्।

शुक्रबार कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्तापछि पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिँदै, प्रशासनले खबर गरेपछि सभापति लामिछाने स्वेच्छाले कारागार फर्कन तयार रहेको बताए।

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारमा रहेका कैदीबन्दीलाई भीडले बाहिर ल्याउँदा लामिछाने पनि बाहिरिएका थिए। तर अब उहाँ कानूनी प्रक्रिया अनुसार पुनः कारागार फर्कने तयारीमा रहेको प्रवक्ता झाले स्पष्ट पारे।

जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले भने आवश्यक प्रक्रिया पूरा भएपछि आगामी कदमबारे जानकारी गराइने बताएका छन्।

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.