नेपका (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी र गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले पर्वत, बागलुङ र म्यादी जिल्लामा गत २४ गते जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीहारु द्धारा टोडफोड र आगजनी गरिएका (एमाले) जिल्ला पार्टी कार्यालयहरुको निरिक्षण गरेका छन । सो क्रममा (एमाले) पर्वतका नेता तथा प्रतिनिधिसभाका निवर्तमान सांसद पदम गिरिको कुश्मा बजारमा रहेको पक्की घरमा आन्दोलनकारी बाट गरिएको टोडफोड र आगजनीको समेत उनिहरुले निरिक्षण गरेका थिए ।
सोही क्रममा पर्वत पार्टी कार्यालयको तर्फबाट जिल्ला अध्यक्ष गोबिन्द पहारी, बागलुङ पार्टी कार्यालयको तर्फबाट अध्यक्ष हिरा बहादुर केसी र म्यादी जिल्ला कार्यालयको तर्फबाट अध्यक्ष बलाकृश्न शर्माले आ-आफ्ना पार्टी कार्यलयहरुको क्षती विवरण नेता अधिकारी र मन्त्री पाठकलाई सुनाएका थिए ।
सो अवसरमा नेता अधिकारीले जेन-जी आन्दोलनमा जेन-जेडहरुले उठाएका मागरु उचित रहेपनी उक्त आन्दोलनलाई विभिन्न तत्वहरुले हिंसा र ध्वांसमा परिणत गराएको बताउदै जेन-जीहरुको आन्दोलन अर्कैले हाईज्याक गरेको बताए ।
नेता अधिकारीले अहिलेको अन्तरिम सरकार संबिधानको मर्म र भावना अनुसार नबनेकोले यो सरकारले संबिधानको रक्षा गर्न र जनतालाई सुरक्षा दिन नसक्ने कुरा उल्लेख गरे ।
निरिक्षणको क्रममा (एमाले) केन्द्रीय सदस्यहरु क्रमश भुपेन्द्र बहादुर थापा, पदम गिरी र ईन्द्रलाल सापकोटा समेतले जेन-जी आन्दोलन र वर्तमान परिस्थितिको बारेमा आ-आफ्ना दृष्टिकोणहरु राखेका थिए ।


