Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गर्दै मनाइँदै

Advertisement

Advertisement

आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा, धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी देशभर श्रद्धा र भक्ति साथ मनाइँदै छ ।

यस दिन रातभर जाग्राम बस्ने परम्परा छ । धार्मिक विश्वासअनुसार आजको रात महालक्ष्मी पृथ्वी भ्रमण गर्दै जाग्राम बसेका भक्तजनका घरमा प्रवेश गरी ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् ।

कोजाग्रत पूर्णिमासँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैंको औपचारिक समापन हुने परम्परा रहेको छ । आश्विन शुक्ल दशमी (विजयादशमी) का दिन सुरु भएको टीका–जमरा लगाउने क्रम आजको दिन अर्थात् पूर्णिमा सम्म चल्ने गर्दछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउन शास्त्रसम्मत मानिन्छ ।

आज बिहान भक्तजनले दशैंघरमा राखिएका फूल, प्रसाद र जमराको अवशेष नदी, तलाउ वा तीर्थस्थलमा विसर्जन गर्ने परम्परा निभाउँछन् ।

भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने चलन रहिआएको छ । यससँगै दशैंलाई बिदा दिई तिहारको तयारी सुरु हुने विश्वास गरिन्छ ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.