Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

माइतीघरमा ‘जेन–जेड युनाइटेड’को प्रदर्शन : एकताको आह्वान र शहीदप्रति सम्मान

Advertisement

Advertisement

काठमाडौं । जेनजी (GenZ) समूहका युवाहरूलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरूको रगत नबिर्सन चेतावनी दिँदै माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन गरिएको छ।

‘जेन–जेड युनाइटेड (GenZ United)’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा बालबालिका, युवायुवतीदेखि शहीद परिवारका सदस्यसम्मको सहभागिता रहेको थियो। सहभागीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदको रगत नबिर्सौं’, ‘देशका घाउ हाम्रो जिम्मेवारी’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शनस्थलमा राखिएको ब्यानरमा लेखिएको थियो,

> “जेनजीको नाम बदनाम हुँदैछ — कसैले यसै नाममा लुटपाट गर्दैछ, कसैले पार्टी खोल्दैछ, कसैले ब्रान्ड बनाउँदैछ।
त्यसैले जेनजी भावना बचाउन र शहीदहरूको सपना पूरा गर्न हामी सबै एक हुनैपर्छ।”

 

आयोजकहरूले जेनजी आन्दोलनका सहिदहरूको बलिदान व्यर्थ जान नदिन र राष्ट्रिय एकताको भावना बलियो बनाउन आग्रह गरेका थिए। ब्यानरमा “सरकार पनि जेनजीहरूको हो भने सबै जेनजीबीच एकता कायम गर्न सहयोग गर्नुपर्छ” भन्ने सन्देश पनि लेखिएको थियो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.