Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

डा. सुधा शर्मा र बब्लु गुप्ताले मन्त्रीको शपथ लिए

Advertisement

Advertisement

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् ।

शपथ लिने मन्त्रीहरूमा डा. सुधा शर्मा र बब्लु गुप्ता रहेका छन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ता युवा तथा खेलकुद मन्त्रीका रूपमा नियुक्त भएका हुन् ।

यसअघि प्रधानमन्त्री कार्कीले चार जनाको नाम सिफारिस गरेकी थिइन् । तर, अन्तिम समयमा आएर खगेन्द्र सुनार (श्रम मन्त्रालयका लागि) र गणपतिलाल श्रेष्ठ (भूमिसुधार मन्त्रालयका लागि) का नाम रोकिएका छन् ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.