Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गृह प्रशासनको आलोचक निकोलस भुसाल गोरखाबाट पक्राउ

Advertisement

Advertisement

पोखरा/काठमाडौं । सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै लगातार विरोध गर्दै आएका निकोलस भुसाललाई प्रहरीले पुनः पक्राउ गरेको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले भुसाललाई गोरखा सदरमुकामबाट पक्राउ गरी काठमाडौं ल्याएको जनाएको छ। उनी सरकारले जनतामाथि गरेको दमनको विरोध गर्दै आएका थिए।

गत असोज २३ गते माइतीघर मण्डलामा बिना अनुमति प्रदर्शन गर्न पुगेका बेला पनि प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सो क्रममा भुसालले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा टिप्पणी गरेका थिए।

पक्राउपछि प्रहरीले गरेको परीक्षणमा उनले गाँजा सेवन गरेको पाइएको र त्यसपछि उनलाई सुधारगृह पठाइएको प्रहरीले जनाएको थियो।

भुसाल यसअघि पनि विभिन्न घटनाका कारण चर्चामा आएका थिए। गत वर्ष मंसिर २९ गते उनले कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सुतिरहेको तस्बिर खिचेर सार्वजनिक गरेपछि पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

भुसाल पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल तथा सडकमार्फत् सरकारको आलोचना गर्दै आएका व्यक्तिमध्ये एक हुन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.